IME Life New

एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशालाई एनसेलले गर्यो सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ।

पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिईन्। यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो।

Esewa
Crest

यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरुको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ। एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो।

नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौँ। यो जित नेपालका पारा–एथलीटहरुको उत्कृष्ट प्रदर्शनको नतिजा हो। पलेशा र अन्य सबै पाराखेलाडीहरुले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो। एनपीसीसँगको हाम्रो सहकार्यले पलेशाजस्ता सच्चा नायक पारा खेलाडीहरुलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशितालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौँ।’

‘एसियाली पारा खेलकुदबाट पहिलोपटक देशको लागि पदक जितेर देशका लागि ल्याउन पाएकोमा म गौरवान्वित छु। हामीजस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुका तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु। पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझधेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्टिय सफलता दिलाउने विश्वास लिएको छु’, पलेशाले भनिन्।

यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न १० खेलका विधामा नेपालबाट १९ जना पारा खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए। ‘देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपनाप्रति दृढ विश्वासका साथ अघि बढेका नेपाली पारा खेलाडीहरुकोे खेलप्रतिको उनीहरुको लगनशीलता र इच्छा शक्तिको हामीहार्दिक सम्मान गर्दछौँ’, एनसेलले भनेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS