IME Life New

के तपाईले बीमालेख कर्जाको ब्याज तिरि रहनु भएको छ ? नभए बीमालेख जफत होला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमालेखको धितोमा लिएको कर्जावापतको ब्याज रकम नियमित भुक्तानी नगर्दा असमयमै बीमालेख जफत हुने समस्या बढ्दै गएको छ । बीमितलाई बीमालेख कर्जाको प्रावधानबारे पर्याप्त जानकारीबाट बञ्चित गर्नुका साथै साँवा र ब्याज भुक्तानीका लागी नियमित ताकेता नगर्दा यस्तो समस्या बढेको हो ।

बीमालेखको धितोमा बीमितले एक पटक कर्जा रकम लिई सकेपछि ६-६ महिनामा कर्जाको ब्याज अनिवार्यरुपमा भुक्तानी गर्नुपर्छ। ६-६ महिनामा कर्जाको ब्याज चुक्ता नगरेपछि बीमकले ब्याजको रकमलाई पनि साँवाको रकममा जोडेर गणना गरिदिन्छन् । यस्तो हुँदा बिस्तारै साँवासँगै तिर्नुपर्ने ब्याजको रकम पनि बढ्दै जान्छ । साँवा र ब्याजको रकमको योग समर्पण मूल्य(सरेण्डर भ्यालु) बराबर हुने अवस्था देखिए पछि बीमकले बीमालेख नै जफत गरिदिन्छ । बीमालेख जफत गर्नुपूर्व बीमितलाई सचेत गराउने प्रचलनमा नेपालका जीवन बीमा कम्पनीहरुमा अझै पनि नभएकाले बीमालेखलाई निरन्तरा दिन चाहने बीमित अनाहकमा पीडित बन्दै आएका छन् ।

Esewa
Crest

बीमालेख धितोवापत लिएको कर्जाको साँवा रकम बीमा अवधिभित्र जहिले सुकै भुक्तानी गर्न सकिने सुविधा हुन्छ। यस्तो कर्जाको रकम एकमुष्ठ वा थाेरै थोरै गर्दै आफ्नो सहजताका हिसाबले चुक्ता गर्दै लैजान सकिन्छ। केही बीमकले अनलाइन माध्यम (डिजिटल वालेट) बाट नै बीमालेख कर्जाको रकम चुक्ता गर्न सकिने सुविधा उपलब्ध गराएका छन् । त्यसैले कर्जाको साँवा र ब्याज चुक्ता गर्नको लागी बीमकको कार्यालयसम्म नै धाउनुपर्दैन । साँवा चुक्ता गर्न नसके कम्तीमा ब्याज रकम भएपनि चुक्ता गरेर बिमालेख जफत हुनबाट जोगाउन सकिन्छ।

आफूले सके जतिको साँवा रकम पनि चुक्ता गर्दै जाँदा ब्याजको खर्च पनि जोगिन्छ र वित्तीय व्यवस्थापन गर्न समेत सहज हुन्छ। पहिले लिएको कर्जा चुक्ता गरिसकेपछि बीमा अवधिभित्र पटक पटक कर्जा लिन सकिन्छ। बीमालेख कर्जाको रकमका लागी निवेदन दिएको आधा घण्टाभित्रै सिधै बीमितको खातामै जम्मा हुन्छ। बालबालिकाको लागी जारी गरिएको बीमालेखको धितोमा पनि कर्जा सुविधा उपलब्ध हुन्छ।

कसरी पाइन्छ बीमालेख कर्जाः

जीवन बीमालेखको धितोमा कर्जा सुविधाका लागि बीमालेख जारी भएको तीन वर्षसम्म कुर्नुपर्छ। कम्तीमा तीन वर्ष सम्म बीमाशुल्क किस्ता भुक्तानी गरि सकेपछि बीमकले बीमितलाई कर्जा सुविधा उपलब्ध गराउँछन् । कर्जा आवश्यक भएको बीमितले बीमालेखलाई धितोको रुपमा पेश गरेर कर्जा रकम लिन सक्छन्। कर्जाको ब्याज दर ९ देखि ११ प्रतिशतसम्म रहेको छ। यस्तो कर्जाको ब्याज दर स्थिर रहन्छ।

बीमालेख कर्जाका लागी बीमित स्वयमले सक्कली बीमालेख फाइलसँगै सक्कली नागरिकता प्रमाण पत्र लिएर आफूले बीमा गरेको जीवन बीमकको नजिकको शाखा वा उपशाखा कार्यालयमा निवेदन दिनुपर्छ । बीमालेख कर्जा सुविधाका लागी अनलाइनमार्फत् नै आवेदन दिन सकिने गरी सुविधा अझैसम्म नेपालमा छैन ।

बीमालेख कर्जाको माग बढ्दोः

वित्त बजारमा तरलता अभावसँगै ब्याज दर महँगो भएपछि सस्तो र सुलभ विकल्पको खोजी गर्दै जाँदा सर्वसाधारणले जीवन बीमालेख कर्जालाई रोज्न थालेका छन् ।बीमालेखको धितोमा कर्जा रकम प्राप्त गर्न अन्य वित्तीय उपकरणको तुलनामा ज्यादै सहज र छरितो भएकाले यस प्रतिको आकर्षण बढ्दै गएको हो।

वित्तीय साक्षरता बढ्दै जाँदा बीमालेख कर्जाको माग पनि क्रमशः वृद्धि हुँदै गएको पुष्टी जीवन बीमकले प्रवाह गरेको बीमालेख कर्जाको तथ्या‌ंकले पनि गर्छ। बीमालेख कर्जावापतको रकम बै‌ंक तथा वित्तीय संस्थामा जस्तो मासिक किस्ता रकम भुक्तानी गर्नुपर्दैन । न त यस्तो कर्जा रकम निर्धारित न्यूनत्तम अवधिसम्म उपभोग नगरेको अवस्थामा अतिरिक्त सेवा शुल्क (कमिटमेण्ट फि) नै भुक्तानी गर्नुपर्छ।

साँवा र ब्याजवापतको रकम नियमितरुपमा भुक्तानी गर्नुपर्ने बाध्यात्मक प्रावधान नभएकाले बीमितहरु यस्तो कर्जा उपभोग गरि सकेपछि कर्जा चुक्ता गर्न उदासिन देखिन्छन् । कर्जा दिने समयमा बीमकको कर्मचारीले पनि बीमितलाई कर्जाको ब्याज वापतको रकम ६-६ महिनाको अवधिभित्र अनिवार्य भुक्तानी गर्नुपर्ने जानकारी गराउँदैनन् । साथै कर्जा रकमको साँवा र ब्याज भुक्तानीका लागी अधिका‌ंश बीमकले बीमितलाई कुनै सम्पर्क गर्ने वा सूचना दिने समेत नगर्दा असमयमै बीमालेख जफत हुन्छ। बीमालेख कर्जाको प्रावधानबारे अज्ञानता वा अधुरो जानकारीका कारण यस्तो अवस्था आउँदा बीमितले ठगिएको महशुस गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS