IME Life New

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीको उक्त एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँड हुने जनाएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँड गर्ने जनाइएको हो ।

कम्पनीको एफपीओमा अन्तिम दिनसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

Esewa
Crest

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्काशन गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS