IME Life New

अत्यधिक घाटा भएको भन्दै नेपाल लाइफले अवैधरुपमा धमाधम बीमालेख बिक्री बन्द गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गैर कानूनीरुपमा आफूखुशी बीमालेख प्रचलनमा बन्द गर्ने र अस्थायी राेक लगाउने काम गरिरहेको खुलासा भएको छ। बीमालेख तयार पार्दा भएको लापरवाही ढाकछोप गर्न उच्च व्यवस्थापनले धमाधम बीमालेखहरुको बिक्रीमा अघोषितरुपमा रोक लगाउन थालेको हो ।

इन्स्योरेन्स खबरलाई प्राप्त दस्तावेज अनुसार नेपाल लाइफले ७ वटा बीमालेखमा एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिने १८ वर्षभन्दा माथिको अवधिका बीमालेख बिक्रीमा अघोषितरुपमा राेक लगाएको छ। प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीको हस्ताक्षर सहितको निर्देशनात्मक पत्रमा सुनाैलो भविष्य ( बीमालेख नम्बर १८), नाैलो धनवर्षा(बीमालेख नम्बर २५), नाैलो जीवन समृद्धि (बीमालेख नम्बर २६), जीवन उन्नती(बीमालेख नम्बर २७), सदाबहार जीवन(बीमालेख नम्बर ६९), नेपाल लाइफ आइइन्स्योर(बीमालेख नम्बर ७३) र नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा(बीमालेख नम्बर ९१) बीमालेखमा अधिकत्तम बीमा अवधि १८ वर्षसम्म मात्र रहने गरी कायम गरिएको उल्लेख छ।

Esewa
Crest

सम्बद्ध श्राेतका अनुसार बीमालेखको लागत गणनामा भएको त्रुटीका कारण १८ वर्ष भन्दा बढी अवधिका लागी एकल बीमाशुल्क लिएर बीमालेख बिक्री गर्दा नेपाल लाइफलाई सोझै घाटा हुन्छ। बाठा अभिकर्ताले ठूलो ठूलो बीमा‌ंकको बीमालेख एकल बीमाशुल्क भुक्तानी गराएर बेच्ने र ३ वर्ष नपुग्दै समर्पण(सरेण्डर) गर्ने योजनाका साथ बीमालेख बेच्न थालेको निष्कर्ष नेपाल लाइफको उच्च व्यवस्थापनको छ।

उदाहरणका लागी २५ लाख रुपैयाँ बीमा‌ंकको २० वर्षे अवधिका लागी सावधिक बीमालेख बिक्री गर्दा बीमितले बीमाशुल्कवापत एकमुष्ठ ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ। ३ वर्षपछि समर्पण गरेको अवस्थामा बीमाशुल्कको ८० प्रतिशत अर्थात ४ लाख रुपैयाँ र बोनशवापत थप ३ लाख ६० हजार रूपैयाँ समेत कुल ७ लाख ६० हजार रूपैयाँ भुक्तानी प्राप्त हुन्छ। यहाँ बोनशको गणना गर्दा २० वर्षे अवधिका लागी प्रति हजार बीमा‌ंकमा वार्षिक बोनश दर ६० रुपैयाँ अनुमान गरिएको छ। ६० रुपैयाँका दरले ३ वर्षको कुल बोनश रकम ४ लाख ५० हजार रुपैयाँ हुन्। जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार बीमालेख समर्पण गर्दा ३ वर्षको पाकेको बोनशको ८० प्रतिशत‌ मात्र बीमितले भुक्तानी प्राप्त गर्छन् ।

५ लाख रूपैयाँको लगानीमा ३ वर्षमै २ लाख ६० हजार रुपैयाँ नाफा वैधानिकरुपमा गरिने सुरक्षित लगानीले दि‌ंदैन । १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको नेपाल लाइफका लागी पनि लगानी गरेको ३ वर्षमै बिना जोखिम लगानी रकमको ५२ प्रतिशत प्रतिफल प्राप्त गर्नु कल्पना बाहिरको प्रतिफल हो। यो खेल फड्कोले सीमित अभिकर्ता र बीमितमात्र लाभान्वित हुने भएपनि कम्पनीलाई घाटा भएर बोनश दरमै नकारात्मक असर पर्ने देखिएको छ।

नेपाल लाइफले बिक्री गरेको बीमालेखमध्ये ७२ प्रतिशत हिस्सा सुनाैलो भविष्य बीमालेख अन्तर्गत २० वर्षे अवधिको एकल बीमाशुल्क भुक्तानी हुने गरी जारी गरिएको बीमालेखले ओगटेको तथ्य उच्च व्यवस्थापन समक्ष पुगेपछि पाइताला मुनीको भुइँ नै खस्किए झैं भएको थियो । उच्च व्यवस्थापनले सुदूरपश्चिम प्रदेशको अधिका‌ंश व्यापार २० वर्षे अवधिका लागी जारी एकल बीमाशुल्क बीमालेखको बिक्रीबाट नै भएको तथ्या‌ंक हात पारेपछि आपतकालीन बैठक डाँकेर १८ वर्षभन्दा माथिको अवधिका लागी ७ वटा बीमालेखको बिक्री नै बन्द गर्ने निर्णय गरेको थियो ।

 

बीमालेखको बिक्री बन्द गर्नु गैरकानूनी कार्यः

एक पटक नेपाल बीमा प्राधिकरणबाट स्वीकृती लिई सकेको बीमालेखको कुनै पनि सुविधा, शर्त वा प्रावधानलाई निष्तेज गर्ने वा स्थगन गर्ने अधिकार बीमकसँग हुँदैन । बीमालेखको प्रावधानमा कुनै परिवर्तन गर्नुपरेमा वा बीमालेखको बिक्री बन्द गर्नुपरेमा प्राधिकरणबाट अनिवार्यरुपमा लिखित स्वीकृती लिनुपर्छ। नेपाल लाइफले कुनै पनि बीमालेखको एकल बीमाशुल्क भुक्तानी गर्ने सुविधा अन्तर्गत १८ वर्षे अवधिभन्दा माथिको बीमालेख बन्द गर्ने स्वीकृती लिएको छैन ।

नियामक नेपाल बीमा प्राधिकरणसँग लिखित स्वीकृती नै नलिई धमाधम बीमालेख बन्द गर्ने वा निश्चित अवधिको बीमालेख बिक्री नै नगर्ने वा अस्थायीरुपमा स्थगन गर्ने काम बीमकले गर्न पाउँदैनन् । बीमा ऐन २०७९ को दफा ६३(१) मा बीमकले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको बीमालेख जारी गर्नुपर्ने प्रावधान छ।

नेपाल लाइफमा घाटाको प्रोडक्ट प्रचलनमा आएको ६ महिना नबित्दै बन्द

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS