Connect IPS
IME Life

दशैंमा पाएको दक्षिणाको सदुपयोगः फजुल खर्च नगरी बीमा पोलिसी खरिद गर्ने योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दोलखा चरिकोटकी प्रशन्ना कार्की स्नातक तह प्रथम वर्षको अध्ययन गर्दैछिन् । उनी कोटेश्वरको एक कलेजमा पढ्छिन् । जब दशै नजिकिदै जादाँ काठमाडौंको माहोलले उनलाई चकित बनाएको कुरा सुनाउँदै भन्छिन् पहिला पहिला गाउँमा छदा जब रातो माटो, कमेरो लिन जाने बेला भएसी मात्रै दशै आए जस्तो लाग्थ्यो तर सहरमा त किनमेलको भिडले दशैको आभास गराइदिन्छ । दशैंको किनमेलमा हुने विलासी खर्च र दशैमा पाएको दक्षिाणाले भोलिको भविष्यलाई सोचेर बीमा गर्नु उपयुक्त हुने उनी बताउँछिन् ।

उनी कलेज बढेर सानो तिनो नोकरी पनि गर्छिन् । यस पालिको दशैंमा दक्षिणाबाट पाएको रकमले बीमा गर्ने योजना बनाएकी छु उनले भनिन् । दशैंको चहलपहल बढेसँगै प्रशन्नाले टिकाटालाबाट कमाएको रकमले बीमा पोलिसी खरिद गर्ने योजना बनाएकी हुन् । दशैंमा पाएको दक्षिणामा आफुले बचाएर राखेको केही रकम थपेर बीमा गर्ने विचारमा छु । बीमाबारे धेरै ज्ञान नभए पनि साथिभाईसँग सरसल्लाह गरेर यस पालिको दशैंमा दक्षिणा वापत पाएको पैसा जीवन बीमा गर्ने सोच उनले बताएकी छिन् । पहिला पहिला त बीमा बारे मेरो बुझाई नकारात्मक नै थियो तर अहिले चाँही बीमा बारे बुझेपछि यसको महत्व धेरै रहेको हुनाले यसपाली यस्तो सोच बनाएको हुँ उनले भनिन् ।

Prabhu
Crest

काँडाघारी निवासि सोनिसा श्रेष्ठ पेशाले बैंकर हुन् । श्रेष्ठ काँडाघारीको एक बैंकको शाखा कार्यालयमा काम गर्छिन् । दशैं आएसंगैं उनको मनमा खुशीको साथै बीमा गर्ने योजना बनेको बताउँछिन् । बीमा गर्नु त पहिला नै पर्नेथ्यो तर, पछि गर्छु भन्दा भन्दै दुई वर्ष कटेछ यस पालि चाँही दशैमा पाएको दक्षिाणालाई सदुपयोग गरी केही रमक थपेर बीमा गर्ने साचे बनाएको छु उनले भनिन् ।

महिनामा हुने आम्दानीको केही रकम बचाएर राखेकी उनीले दशैंमा दक्षिणा वापत पाउने रकम जोडेर बीमा गर्ने भएकी हुन । उनले भनिन् मसँग बीमा बारे धेर थोर भए पनि ज्ञान छ, बीमा गर्ने मात्रै पछि परेकी हुँ यस पालिको दशैंमा दक्षिणाबाट पाएको पैसाले जसरी हुुन्छ बीमा गर्ने गर्छु ।

रामेछाप स्थायी घर भएका नविन के.सीले यस पालिको दशैंमा अफ्नो एक वर्षिया छोराको बीमा गरिदिने बताए । उनी भन्छन् । बीमा गर्नुस भनेर धेरै अभिकर्ता मकहाँ आए तर मैले अनेक भनेर टारेको छु यस पालिको दशैमा जसरी पनि छोराको बमिा गरिदिन्छु उनले भने, छोराको दशैंमा दक्षिणाबाट पाएको पैसा र केही रकम आफुले थपेर बीमा गरिदिन्छु । बीमा भनेको आफ्नै लागि रहेछ । बीमलो भोलि भविष्यमा आउने जोखिमलाई सामना गर्न टेवा पुर्याउने रहेछ । यसपालि मेरो छोराको बीमा गरिदिने सपना साकार गर्छु उनले भने ।

नेपालीहरुको महानपर्व दशैं लागिसकेको छ । यस पर्वलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । यस पर्व मिठो खानेकुरा, नयाँ कपडा र आफ्न्तसँग भेटघाट गरी टिका जमरा र दक्षिणा समेत दिने प्रचलन रहेको छ । दक्षिणा वापत आएको पैसा लाई हामिले यत्तिकै सकाउछौं । खाएर, सामान किनेर सबै पैसा सक्ने परम्परा रहेको छ । दक्षिणाबाट आएको पैसा फजुल खर्च गरेर सक्नु भन्दा जीवन बीमा गर्ने हो भने भविषयमा हाम्रो साहारा बन्न सक्छ । आफ्न्तबाट दशैंमा दक्षिणा वापत पाएको पैसा र केही रकम थप गरेर बीमा गर्ने हो भने भविष्यमा भैपरि आउने जोखिम लाई सामना गर्न सहज हुन्छ ।

बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । भविष्यमा भैपरि आउने जोखिम लाई बिमकमा हस्तान्तरण गर्नु नै बीमा हो । पछिल्लो समय बीमाको महत्व दिनानुदिन बढ्दै छ । हाम्रो जीवनको एक अतिआवश्यक पक्ष नै भइसकेको छ बीमा मानविय जीवनमा जोखिम कत्ति बेला आउने हो पत्तै हुँदैन् । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । बीमा बचतको एक पाटो पनि हो ।

विभिन्न बीमा कम्पनीहरुमा विभिन्न प्रकारका बीमा पोलिसिहरु रहेका छन् । आफ्नो आम्दानी र मलाई यो चाहिँ बीमा पोलिसी ठिक हुन्छ भन्ने सोच बनाएर बीमा पोलिसी खरिद गर्न सकिन्छ । दशैँमा दक्षिणा वापत पाएको पैसाले त नपुग्ला तर पनि यो रकमले बीमा गर्नमा भने एकदमै सहयोग पुराउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS