Connect IPS
IME Life

सी.जी. ब्रुअरीका कर्मचारीमाथि भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सी.जी. ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । हाल मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण एवं गम्भिर अवस्थामा छ । समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा छन् । कतिपय उद्योग व्यवसायहरु बन्द भईसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

समग्र बजार मागमा ७० प्रतिशतसम्म कमी आउँदा उद्योगहरु आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत छन् । चुनौतीपूर्ण अवस्थाका बाबजुद न्यून क्षमतामा भएपनि उद्योग संचालन गरिरहेको अवस्थामा कर्मचारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधिले कसैलाई फाइदा नगर्नेतर्फ सचेत बन्न परिसंघले आग्रह गरेको छ ।

Prabhu
Crest

आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि बढाई समाधान खोज्न आग्रह गरेको छ । अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न/नगराउन परिसंघले आग्रह गरेको छ । साथै, सी.जी. ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्न समेत परिसंघले माग गरेको छ ।

यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड यूनियनहरुलाई समेत परिसंघले आह्वान गरेको छ । हालको विषम परिस्थितीले निरुत्साहत बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन समेत परिसंघ सम्वन्धित निकायहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS