IME Life New

अभिकर्ता इजाजत पत्रको अनलाइन परिक्षा कात्तिक १७ गतेदेखि शुरु हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागी कात्तिक १७ गतेदेखि अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले पहिलो पटक आफैंले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्न लागेको हो ।

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार चरणबद्धरुपमा सञ्चालन गरिने अनलाइन परिक्षामा एक पटकमा अधिकत्तम १०० जना परिक्षार्थीले मात्र सहभागीता जनाउन पाउने भएका छन् । परिक्षामा सहभागीताका लागी छनाैट भएका परिक्षार्थीले परिक्षामा सहभागीताका लागी अनलाइन सिस्टमको लि‌ंक(कडी) उपलब्ध गराउनेछ । यस्ताे लि‌ंकमार्फत् परिक्षाका लागी निर्धारित समयमा सहभागी भएर परिक्षार्थीले परिक्षा दिन पाउनेछन् ।

Esewa
Crest

परिक्षामा समान दुई अ‌ंक भारका ५० वटा वस्तुगत प्रश्न साेधिनेछन् । साेधिएको ५० वटा मध्ये कम्तीमा २५ वटा प्रश्नको सहि उत्तर दिएर ५० अ‌ंक प्राप्त गर्ने परिक्षार्थीले मात्र अभिकर्ता इजाजत पत्र लिन पाउनेछन् । प्रश्नको उत्तरका लागी परिक्षार्थीले प्राधिकरणले अनलाइनमा प्रश्न तालिका सँगै उपलब्ध गराउने चारवटा विकल्पमध्ये उत्कृष्ट विकल्प छनाैट गर्नुपर्नेछ।

प्राधिकरणका अनुसार परिक्षा सञ्चालनका लागी आवश्यक प्राविधिक तयारी पुरा भइसकेको छ। प्राधिकरणले इजाजत पत्रका लागी प्रयाेग हुँदै आएको साबिकको अनलाइन प्रणाली गत असोज २५ गतेदेखि बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS