IME Life New

साविक रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । प्राधिकरणबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने ‘बोनस आर्जन गर्ने’ सम्पुर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

कम्पनीले जारी गरेका ७ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

Esewa
Crest

मुद्दति सुरक्षण बीमा योजना( नियमित शुल्क)
९ वर्ष अवधिको योजना खरिद गरेका बीमितले प्रतिहजार २४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले २४ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार २४ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस योजनामा सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको पोलिसी विक्री भएको छ । यस पोलिसी ६ हजार ०१५ वटा विक्री भएको छ ।

मुद्दती सुरक्षण बीमा योजना (एकल शुल्क)
९ वर्ष अवधिको यस योजना खरिद गरेका बीमितले प्रतिहजार ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ५४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ५४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ५४ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार ५४ रुपैयाँ प्राप्त गर्नेछन् ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी बीमा योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ३० रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि ३० रुपैयाँ बोनस पाउनेछन् ।

सामुहिक सावधिक योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार १९ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार १९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि प्रति हजार १९ रुपैयाँ बोनस पाउेछन् ।

सावधिक जीवन बीमा योजना
यस योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथिले ६० रुपैयाँ बोनस पाउनेछन् ।

सावधिक बमिा योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनस पाउनेछन् ।

सिमित भुक्तानी सावधिक बीमा योजना
यस बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति वर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले निर्धारण गरेको बोनश दर मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखमा लागु हुनेछ । साथै अर्को बीमाङ्की मूल्यांकन अनुसार बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दाबीहरुमा समेत यहि बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS