IME Life New

नेप्सले बोलायो १०औं एजिएम, आइपीओ निष्काशन सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) ले कार्तिक २३ गते १०औं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

साधारण सभामा आर्थिक बर्ष २०७९/८० को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्ने, आर्थिक बर्ष २०८०/ ८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने साधारण प्रस्ताव पेश हुने छन् ।

Esewa
Crest

त्यस्तै संचालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने , संचालक समितिले प्रिमियममा शेयर जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्ने र सो सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, जारी र चुक्ता पुँजीमा बृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ ।

त्यसैगरी नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दावित्व तथा कारोवारको मुल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ती गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS