IME Life New

अभिकर्ता पाठ्यक्रममा समावेश हुन नसकेको एउटा महत्वपूर्ण विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्रका लागि अनलाइनमाध्यमबाट परिक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। बीमकले सञ्चालन गरेको परिक्षा प्रभावकारी नभएको निष्कर्षसहित प्राधिकरणले परिक्षामार्फत् तालिमलाई प्रभावकारी बनाउनका लागि दबाब दिने रणनीति लिएको छ।

चार दिनसम्म सञ्चालन गरिने आधारभूत तालिममा भाैतिकरुपमा सहभागी नै नभएका व्यक्तिका नाममा समेत बीमकले इजाजत पत्रका लागि सिफारिश गरेपछि विकृती भित्रिएको निष्कर्ष सहित प्राधिकरणले अनलाइन परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्राधिकरणले कात्तिक तेश्राे सातादेखि अनलाइन विधिबाट परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

Esewa
Crest

परिक्षाका लागि सार्वजनिक गरिएको पाठ्यक्रममा बीमा सेवाका लागी महत्वपूर्ण मानिएको सूचना प्रविधि सम्बन्धी विषय समावेश हुन सकेको छैन । प्राधिकरणले मध्यस्थकर्ता (अभिकर्ता) तालिममा सूचना प्रविधिसम्बन्धी आधारभूत विषयवस्तु पनि समावेश गरेको अवस्थामा भावी जनशक्तिलाई सूचना प्रविधिको प्रयोगबारे अवगत गराउन मद्दत पुग्नेछ।

सूचना प्रविधिको प्रयोगबाट बीमाशुल्क गणना,अनलाइन विधिबाट नै प्रस्ताव फारम भर्ने, प्रथम् र नविकरण बीमाशुल्क भुक्तानी, बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने लगायतका आधारभूत विषय समेत मध्यस्थकर्ताको तालिम पाठ्यक्रममा समावेश गर्नु उपयुक्त हुनेछ।

प्राधिकरणले सूचना प्रविधिको बढ्दो प्रयाेगलाई आत्मसाथ गर्दै बीमा सेवाको बिस्तारमा सूचना प्रविधिको प्रयोगलाई प्राेत्साहित गरिरहेको छ। बीमालेख निर्देशिका र सूचना प्रविधि निर्देशिकामार्फत् बीमा सेवा प्रवाहमा प्राेत्साहित गरेको छ। अभिकर्ता पाठ्यक्रममा पनि सूचना प्रविधि सम्बन्धित आधारभूत विषयलाई समावेश गर्न सकेको अवस्थामा यसले सार्थकता पाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS