काठमाडौं । नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशनको लागि अनुमति दिएको छ। कम्पनीलाई बोर्डले असोज २६ गते अनुमति प्रदान गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशनको लागि अनुमति पाएको हो । एफपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।