IME Life New

एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश आज पारित हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २९औं वार्षिक साधारण सभा आज असोज ३० गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे शुरु हुने जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरि २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Crest

सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आथिृक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS