काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने समय थप गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था भएपनि उक्त समयमा यसपाली दशैंको बिदा परेकाले समय थप गरेको राष्ट्र बैंकले जनाएको छ ।