IME Life New

आजदेखि मल्टीपर्पस फाइनान्सले अवितरित शेयर लिलामीमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले आज असोज २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ६० हजार ६ सय ५० कित्ता र सस्थापक समुहको ८२ हजार १ सय २३ कित्ता गरि कुल १ लाख ४२ हजार ७ सय ७३ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

आवेदन दिंदा सर्वसाधारण समुहतर्फ न्युनतम १०० कित्ता र संस्थापक समुहतर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । उक्त लिलामीको शेयरमा कार्तिक १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । शेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Esewa
Crest

कम्पनीले भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म १ः०।३५ को अनुपातमा अर्थात हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो। उक्त समयमा बिक्री नभएको शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विराटनगर, बिरगंज, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही , नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै फाइनान्सको जनकपुर स्थित कार्यालयबाट पनि आवेदन दिन सकिने छ ।

हाल कायम संस्थापकले मात्र आवेदन दिन सक्ने छन् । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS