IME Life New

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्दै, विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उहाँको विशेष जोड रहेको थियो ।

Esewa
Crest

कार्यक्रमका प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा समिटको दौरान भएका विषयगत बहस सत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी सम्माननीय प्रधानमन्त्री, सम्माननीय पूर्वप्रधानमन्त्री माननीय अर्थमन्त्री, माननीय उद्योगमन्त्री, प्रतिनिधिसभाका माननीय सदस्यहरु, गभर्नर सचिव विभिन्न संघ/संस्थाका नेतृत्वगण, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यवद्धता समेत समेटिएको छ ।

कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्ष्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारे । कार्यक्रममा विशेष मन्तव्य राख्दै माननीय उद्योगमन्त्री रमेश रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको जनाए । त्यसैगरी उहाँले आर्थिक जगतका विविध विषयहरुलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा गर्वित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा पत्रकार जगतले अझ सशक्तरुपमा कलम चलाउँदै सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारे । थियो । यस्तै, कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले आर्थिक पत्रकारहरुलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्ने बताए । त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा समापन मन्तव्य राख्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमहरुका विषयमा धारणाहरु राखे । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रहरुमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने औँल्याउनुभयो । नजिकिँदै गरेका महान् चाडवर्पहरुको अवसरमा शुभकामना आदानप्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बताउँदै उहाँले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत, छठलगायतका पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।

समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्ष्टिच्युटको सहकार्यमा आयोजित ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई माननीय उद्योगमन्त्रीज्यूको हातबाट नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही, दुर्गाप्रसाद अर्याल, खेम बोलाखे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्त गर्दै क्रमशः नगद रु. एक लाख, रु.७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु कमल बहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मत बहादुर नेपाली र वेणु प्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद रु. १० हजार र प्रमाणपत्र प्राप्त गरे ।

सिबिफिनका सचिव कुश प्रसाद मल्लीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सञ्चालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष, नेपाल वित्तीय संस्था संघका प्रतिनिधिलगायत विभिन्न संघ/संस्थाका नेतृत्वगण तथा प्रतिनिधि, बैंकर्स, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS