IME Life New

अभिकर्ता र सर्भेयर लाइसेन्स परिक्षामा चिट चाेर्ने परिक्षार्थीलाई कारवाहीकाे तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सर्भेयरका लागि सञ्चालित अनलाइन परिक्षामा अमर्यादित कार्य गरेकाे भन्दै नेपाल बीमा प्राधिकरणले परिक्षार्थीलाई कारवाही गर्ने भएकाे छ। प्राधिकरणले पहिलाे पटक सञ्चालन गरेकाे सर्भेयर इजाजत पत्र सम्बन्धी माैका परिक्षामा सहभागी परिक्षार्थीमध्ये केहीले चिट चाेरेकाे फेला पारेपछि प्राधिकरणले कारवाही गर्ने भएकाे हाे ।

परिक्षामा बदमाशी गरेका परिक्षार्थीलाई निश्चित समयका लागि पुनः इजाजत पत्रका लागी परिक्षामा सहभागी हुन नसक्ने गरी निलम्बन गर्ने तयारी प्राधिकरणकाे छ। प्राधिकरण सम्बद्ध श्राेतका अनुसार अनलाइन परिक्षा भएकाले प्राधिकरणकाे प्रत्यक्ष निगरानी नपुग्ने भ्रममा रहेर केही परिक्षार्थीले अमर्यादितरुपमा परिक्षामा सहभागी भएकाले कारवाही गरिने भएकाे हाे ।

Esewa
Crest

प्राधिकरणले बीमा सर्भेयर तालिममा सहभागी भएर पनि परिक्षामा सहभागी हुन नसकेका, यसअघिकाे परिक्षामा अनुतीर्ण भएका परिक्षार्थीका लागि एक पटक माैका दिने निर्णय गर्दै गत असाेज २४ गते अनलाइन माध्यमबाट परिक्षा लिएकाे थियाे । परिक्षामा सहभागीमध्ये २४ जना उतीर्ण भएका छन् ।

यसैबीच अभिकर्ता इजाजत पत्रका लागि  आगामी कात्तिक १७ गते देखि सञ्चालन गरिने अनलाइन परिक्षामा समेत प्रविधिकाे माध्यमबाट निगरानीका लागि आवश्यक तयारी गरिएकाे प्राधिकरणले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS