Connect IPS
IME Life

ओरियण्टल होटल्सको एजिएम आज, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाजिम्पाटस्थित र्‍याडिसन होटलको सञ्चालक कम्पनी ओरियण्टल होटल्स लिमिटेडले आज २६औं वार्षिक साधारण सभा गर्दैछ । सभा बिहान ११ बजे प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना गरिने भएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमाेदनका लागी पेश गरिनेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सो अवधीको नगद प्रवाह विवरण, लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखापरिक्षण समितिको सिफारिश अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनी मात्र लाभांश र साधारण सभामा सहभागीताका लागी याेग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS