काठमाडौं । मुक्तिनाथ क्यापिटलले कार्तिक १७ गते साधारण सभा आब्हान गरेको छ । उक्त सभा होटेल क्राउन इम्पेरीयलमा आयोजना गर्ने जनाएको छ । सभामा १४औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने जनाएको छ ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन ।