IME Life New

ग्लोबल आइएमई क्यापिटलद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र नियमननियकायहरुको अन्तराष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताह असोज १५ गतेदेखि असोज २१ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ ।

योजना अनुसार नेपाल धितोपत्र वोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा धवलागिरि बहुमुखी क्याम्पस, बाग्लुङमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

Esewa
Crest

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लि।का अध्यक्ष प्रेम राज जोशी, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्याय, ब्यवस्थापन संकायका विभागिय प्रमुख ध्रुव राज गौतम, ग्लोबल आइएमई बैंक बागलुङका शाखा प्रबन्धक हेमराज शर्मा, क्याम्पसका प्राध्यापकहरु, क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई क्यापिटल लिमिटेडका सहायक प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गर्नु भएको थियो भने छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक दिपेश ताम्राकारले गरे ।

कार्यक्रम ग्लोबल आइएमई क्यापिटलका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायको प्रमुख आतिथ्यता एबं ग्लोबल आइएमई क्यापिटल लि।का सहायक प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि बागलुङमा गरिएको उक्त कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि हुन पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS