IME Life New

नेपाल वेयरहाउजिङले कात्तिक १० गतेदेखि आइपीओ जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निम्बस समूह मुख्य प्रवर्द्धक रहेकाे नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपीओ) गर्ने भएकाे छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँमध्ये २० प्रतिशत बराबर रकमकाे शेयर निष्काशन गर्नका लागी नेपाल धिताेपत्र बाेर्डबाट इजाजत पाएकाे छ। कूल १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

Esewa
Crest

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले कूल १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयरका लागी आवेदन दिन पाउनेछन् । दाेश्राे चरणमा २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर मात्र सर्वसाधारणका लागी निष्काशन गरिनेछ।

वैदेशिक राेजगारमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार शेयर कित्ताका लागी कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS