IME Life New

आजसम्म शेयर किन्नेले नेष्डो समृद्ध लघुवित्तको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले असोज २६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रोयल कश्मा रिसोर्ट, कुश्मा , पर्वतमा दिउसो १ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको तर्फवाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, नेपाल राष्ट्र वैंकवाट स्वीकृत भए बमोजिम वित्तीय संस्थाको गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजी २५ करोड ५० लाखको १७ दशमलव ९३४२ प्रतिशतले हुने नगद लाभांश (नगद लाभांसमा लाग्ने कर प्रयोजनमा लागि समेत) वितरण गर्ने प्रस्ताव माथि छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीहरुमा संस्थाको चुक्ता पुँजी शंसोधन तथा अन्य आवश्यक संशोधन गर्नु पर्ने भएमा छलफल गरी शंसोधन गर्ने, यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने गाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको शंसोधनका सम्वन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरवदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही वमोजिम गर्नर गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्वन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS