IME Life New

खिचापोखरीमा हिमालयन बैंकको भवन शिलान्यास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड स्थित बैंककै जग्गामा भवन निर्माणको लागि शिलान्यास गरेको छ । भवन निर्माणको शिलान्यास बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले गरेका हुन् ।

समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवा बाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताउदै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए ।

Esewa
Crest

त्यस्तै बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताएका छन् । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

हाल बैंकले देश भरि रहेका १७६ शाखा, २६८ एटिएम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS