IME Life New

नेपाल लाइफले इन्भेष्टमेण्ट कम्पनी खाेल्दै, २० करोडको आइपिओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानी विविधताका लागि इन्भेष्टमेण्ट कम्पनी सञ्चालनमा ल्याउने भएकाे छ। कम्पनीकाे सञ्चालक समितिले नेपाल लाइफकाे शत प्रतिशत स्वामित्व रहने गरी सहायक कम्पनीकाे रुपमा इन्भेष्टमेण्ट कम्पनी सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

प्रस्तावित इन्भेष्टमेण्ट कम्पनीकाे जारी तथा चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुनेछ। चुक्ता पूँजी मध्ये स‌ंस्थापककाे तर्फबाट नेपाल लाइफले १ अर्ब ८० कराेड रूपैयाँ लगानी गर्नेछ । बाँकी २० कराेड रूपैयाँ पूँजी सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन (आइपिओ) मार्फत् जुटाउनेछ। नेपाल लाइफकाे सहायक कम्पनीकाे रूपमा बजारमा आउने प्रस्तावित इन्भेष्टमेण्ट कम्पनीले प्रतिफलका दृष्टीकाेणले आकर्षक लगानीका क्षेत्रकाे पहिचान गरेर  विभिन्न क्षेत्रमा लगानी गर्नेछ ।

Esewa
Crest

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले लगानीमा विविधताका लागि इन्भेष्टमेण्ट कम्पनी खाेल्न लागिएकाे जानकारी दिए। लगानी रकम स्वीकृतको लागि नियमकमा पठाएका छौ त्यहाँबाट स्वीकृत भएपछि कम्पनी दर्ता प्रक्रियामा जानेछ पराजुलीले इन्स्योरेन्स खबरसंग भने ।

प्रस्तावित कम्पनीकाे नाम नेपाल लाइफ इन्भेष्टमेण्ट कम्पनी रहेको छ। नेपाल लाइफको सहायक कम्पनीको रुपमा नेपाल लाइफ क्यापिटल(मर्चेन्ट बैंक) संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

5%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS