IME Life New

नेपाल एसबिआई बैंकले ग्राहकहरुका लागि जारी गर्यो यस्तो सूचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहकहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । प्रचलित नियमावली तथा निर्देशन बमोजिम खाता अद्यावधिक गर्न अनिवार्य भएकाले बैंकले ग्राहकहरुलाई एक सूचना जारी गर्दै यस्तो जनाएको छ । अद्यावधिक नगराइएका खाताहरु स्वतः निष्कृय हुने समेत बैंकले जनाएको छ ।

उक्त निष्कृय खाताहरुको कारोबार सुचारु गर्न आफ्नो खाता रहेको शाखा वा नजिकैको शाखामा सम्पर्क गरी अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो । बैंकले यसअघि अद्यावधिक गरेको विवरणहरुमा परिवर्तन भएका सम्पुर्ण व्यक्तिगत तथा संस्थागत खातावाला ग्राहकले आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवम् कागजात बैंकमा पेश गरी आ–आफ्नो खाता ३० दिनभित्र अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS