काठमाडौं । देशकाे अर्थतन्त्रकाे अवस्था सहज र समग्र आर्थिक गतिविधि नियमितरुपमा चलिरहँदा समेत बीमा बजारीकरणका लागि याेग्य जनशक्तिकाे अभाव खट्किने बीमा उद्याेग अहिले मन्दीका कारण दक्ष जनशक्ति पलायन र याेग्य जनशक्तिकाे अभावबाट गुज्रिनु परिरहेकाे छ।
उच्च शिक्षा अध्ययनकाे क्रममा हाेस् वा अध्ययन पुरा भइसकेपछि यूवा पुस्ताकाे पहिलाे राेजाई बैंक क्षेत्र हुने गरेकाे छ। कूल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशतकाे याेगदान दिन थालि सकेकाे बीमा क्षेत्रमा राेजगारीका लागि यूवा पुस्तामा अझै पनि आकर्षण देखिएकाे छैन । बैंकिङ सेवामा चाहिने जनशक्तिकाे तुलनामा बीमा व्यवसायमा चाहिने जनशक्तिकाे संख्या तुलनात्मकरूपमा न्यून हुन्छ। बैंकका सामान्य शाखाहरू पनि कम्तीमा ५ जना जनसंख्याले धानेकाे हुन्छ भने बीमा कम्पनीका तल्लाे तहका इकाइहरू कार्यालय सहयाेगी सहित जम्मा दुईजनाकाे भरमा चलि रहेकाे हुन्छ।
बैंकका कर्मचारीकाे तलब, सुविधा, बैंककाे बाहिरी र भित्री साजसज्जा, वातानुकुलित कार्यकक्ष र सेवा कक्षले पनि पहिलाे दृष्टीमा नै यूवा पुस्तालाई बैंकले वा बैंककाे जागिरले लाेभ्याउनु स्वाभाविक हाे । यसकाे विपरित बीमा कम्पनीकाे कार्यालयकाे आन्तरिक र बाह्य दुबै खाले सजावट एकदमै सामान्य हुन्छ। वातानुकुलित कक्ष नहुँदा तराईका जिल्लाहरुमा गर्मीमा र पहाडका जिल्लाहरुमा जाडाे माैसममा कर्मचारीलाई मात्र नभए सेवाग्राही र अभिकर्तालाई समेत सकस हुन्छ।
बैंकहरूमा इन्टर्नशीपका लागि नियमितजसाे विद्यार्थीहरूकाे आवागमन भइरहे पनि बीमा कम्पनीहरुले कलेजका विद्यार्थीका लागि उदारतापूर्वक अझैसम्म पनि ढाेका खाेल्न सकेका छैनन्। जाेखिमांकन लगायतका संवेदनशील कार्यमा अल्पकालका लागि आउने विद्यार्थीलाई सहभागी गराउने जाेखिम माेल्न चाहँदैनन् बीमा कम्पनी ।
जाेखिमांकन बाहेक पनि अहिले विकसित समयसँगै बीमा कम्पनीसँग थुप्रै विशिष्टीकृत कामहरू थपिएका छन् । नयाँ बीमितलाई उनीहरुले खरिद गरेकाे बीमालेखबारे विस्तृतमा जानकारी दिएर बीमाबारे अधुराे बुझाईका कारण भविष्यमा कुनै मतभेद हुन नदिनका लागी बीमितलाई शुरुमै आश्वस्त बनाउने काममा इन्टर्न जनशक्तिकाे उपयाेग गर्न सकिन्छ। यसैगरी बीमाशुल्क भुक्तानी गर्नुपर्ने समय भएका बीमितलाई बीमाशुल्क भुक्तानीका लागि भुक्तानीकाे रकम र मिति स्मरण गराउने भुक्तानीका लागि अनुराेध गर्ने काममा पनि यस्ता जनशक्तिकाे प्रयाेग हुनसक्छ। यसैगरी बीमालेख कर्जा लिएका बीमितलाई पनि कर्जाकाे साँवा र ब्याज भुक्तानीका लागि समय समयमा स्मरण गराउने कार्य पनि बीमा कम्पनीहरुबाट सम्पादन गरिनुपर्ने महत्वपूर्ण काम हाे ।
बीमित हुनुकाे पछाडी अभिकर्ता जाेडिएका हुन्छन् । हामी बीमा उद्याेगमा क्षमता भएका असल मान्छे चाहन्छौं भने, हामीले पहिले राम्रो वातावरण दिन सक्नुपर्छ। काममा आकर्षण गर्न सक्ने, कार्यरत जनशक्तिलाई प्राेत्साहन गर्न सक्ने वातारण दिन सकेनाै भने संभावना बाेकेका वा केही गराैं भन्ने हुटहुटी बाेकेकाहरू याे क्षेत्रमा प्रवेश गर्न रूची नै देखाउँदैनन् ।
अहिले बैंककाे जागिर ठीकै छ । बैंक वातावरणमा धेरै ब्याटर यो होइन। बैंकमा स्वीकार्य तलब छ, कार्यालयभित्र सरसफाई, आन्तरिक साजसज्जादेखि माैसम अनुकुलकाे वातारण छ । म पनि बैंकमा काम गर्छु भन्दा त्यहाँ काम गर्नेलाई गर्व लाग्न सक्छ। बैंकमा काम गर्दा सबैले राम्रो नजरले हेर्छन्। अब बीमा क्षेत्रमा पनि तुलनात्मकरुपमा तलब भत्ता सुविधा र सामाजिक प्रतिष्ठा बैंककाे भन्दा कम भएपनि खराब भने छैन, स्वीकार्य नै छ।
जनशक्तिका लागि काम गर्ने वातावरणसँग उनीहरूकाे वृत्ती विकासका अवसरहरू पनि जाेडिएकाे हुन्छ। वृत्ती विकासकाे कुरा गर्दा शुरूमै त्यहाँबाट प्राप्त हुने तलबकाे कुरा आउँछ, बैंकले शुरुमा २५ हजार देखि ३० हजार रूपैयाँसम्म तलब प्रस्ताव गर्छन। कम्तीमा खाजा खर्च, घर बहाल र व्यक्तिगत खर्च धान्नका लागि याे रकम पर्याप्त छ भन्नेमा बैंककाे तल्लाे तहकाे जनशक्ति पनि ढुक्क हुन्छ । तर बीमा कम्पनीमा काम गर्ने नव प्रवेशीलाई १५ हजारदेखि १८ हजार रुपैयाँ मासिक तलबमा काम लगाइन्छ। एक दिन पनि गयल भएमा तलब कट्टा हुन्छ। महिनाकाे अन्त्यमा मैले कति पाउँछु वा तीन महिना पछि मेराे करार नविकरण हाेला कि नहाेला, अन्तरवार्ताका बेला दिइएकाे आश्वासन अनुसार तलब पाइएला कि नपाइएला भन्ने अन्याैल र चिन्तामै उनीहरु डुब्नुपर्ने बाध्यता हुन्छ। तलब बाहेक अपेक्षा गरे अनुसारकाे पद पाइन्छ कि पाइन्न भन्ने पनि स्वभाविक चासाे उनीहरुमा हुन्छ।
कमिशन हाेइन तलबै चाहियाे भन्ने प्रवृत्तीः
बीमा कम्पनीमा जागिर खाेज्न आउनेमध्ये अधिकांशले कमिशनमा आधारित रहेर काम गर्ने इच्छा देखाउँदैनन् । उनीहरुमा बिहान ९ः३० बजेदेखि बेलुकी ५ः३० बजेसम्म कार्यालयभित्रै रहेर डेस्ककाे काम गर्ने चाहना हुन्छ। बीमालेख प्रवर्द्धन गर्ने, घर घर कार्यालय कार्यालय, बजार बजार गएर बीमालेख बेच्ने काममा खासै रूची देखाउँदैनन् । उनीहरूकाे अपेक्षा शुरूमै कम्तीमा बहाल तिर्न, बिहान बेलुकाकाे खाना, दिउँसाे खाजा, अलि अलि पढाई खर्च र गाेजी खर्च पनि पुग्ने तलब कमाई हाेओस् भन्ने हुन्छ। यसैले गर्दा कमिशनमा निर्भर रहनुपर्ने सेल्स भनाै वा अभिकर्ताकाे काम गर्न रुची देखाउँदैनन् । बीमामा सेल्सले एक दिनमै मनग्ये तलब दिंदैन भन्ने सत्य हाे, तर जुन दिनदेखि यसले मिहिनेतकाे प्रतिफल दिन शुरू गर्नेछ, त्याे दिनपछि न त वृत्ती विकासका लागि न त सीमित र निश्चित तलबकै लागि मुख ताक्नुपर्छ, सफलताले आफैं खुट्टा चुम्न थाल्नेछ भन्ने विश्वास जागृत गराउन सक्ने नेतृत्व बीमा कम्पनीकाे हरेक शाखामा हरेक उपशाखामा हुनुपर्छ।
हाकिम रिझाएर कहिलेसम्म अवसर छाेप्ने ?
बीमा कम्पनीभित्र प्रशासनिक जागिरकाे अर्काे खराब पक्ष के हाे भन्ने आफूभन्दा माथिकाे हाकिम रिझाउनुपर्ने परम्परा । कामले रिझाउने भन्दा पनि चाकडी चाप्लुसीले रिझाउनुपर्ने अवस्थाका कारण पनि क्षमतावान् र आत्मविश्वासीहरु याे पेशामा लामाे समय टिक्दैनन् । कतै अवसर पाउने बित्तिक्कै खुट्टा उचालिहाल्छन् । तलकालाई प्रवर्द्धन गर्याे वा प्राेत्साहन गर्याे भने आफूलाई उपेक्षा गर्ला वा उछिनेर अघि बढ्ला भन्ने लघुताभाषले हाकिमहरु ग्रसित हुँदा प्रतिभावानले पनि दुःख पाउँछन् वा पलायनकाे बाटाे राेज्न बाध्य हुन्छन् । यदि कुनै कर्मचारीकाे भविष्य उसकाे वरिष्ठमा निर्भर छ भने, वरिष्ठले राम्रो भन्छन् भन्ने हदसम्म उसकाे निर्भरता छ ।उसले वरिष्ठलाई व्यक्तिगतरुपमा रिझाई राख्दा सम्म खुशी बनाई राख्दासम्म बढुवा हाेला । तर त्यस्ताे कर्मचारी बजारमा बिकाउ हुन सक्दैन, व्यवसायीक बन्न सक्दैन।
निरन्तर प्रशिक्षणकाे आवश्यक्ताः
बीमा सामान्य विषय हाेइन। याे झट्ट बुझ्न बुझाउन गाह्राे छ। यसमा निरन्तर प्रशिक्षणकाे खाँचाे हुन्छ। किनभने प्रशिक्षणकाे कहिल्यै पनि अन्त्य हुँदैन सीमा हुँदैन। र प्रशिक्षणको विकल्प छैन। अभिकर्ता तालिमकाे त्यो पहिलो ७२ घण्टामा बीमा कम्पनीका बारेमा बीमाकाे बारेमा सतही जानकारी मात्र दिइन्छ। यस्ताे तालिममा सहभागी भइसकेकाहरुलाई थप बीमाकाे बारेमा कुनै जिज्ञासा भएमा आफैंले बीमा एप्समार्फत् जानकारी लिन सक्ने सुविधाहरू अझै सम्म पनि धेरै बीमा कम्पनीहरुले उपलब्ध गराउन सकेका छैनन् ।
यसबाहेक अर्काे चरणमा जाेखिमांकन(अण्डरराइटिङ) कसरी हुन्छ भन्नेबारेमा पनि बीमा अभिकर्ताहरूलाई प्रशिक्षण दिइनुपर्छ।यस्ताे प्रशिक्षणले मात्र उनीहरुलाई उचित बीमा प्रस्तावकाे छनाैट गर्न, गलत प्रस्ताव छनाैटका कारण भविष्यमा आइपर्न सक्ने नैतिक जाेखिमहरुकाे विषयमा बुझ्न सहज बनाउँछ। बीमा दाबीकाे प्रकृया, बीमा दाबी स्वीकृत वा अस्वीकृत हुनसक्ने अवस्थाहरूका विषयमा पनि व्यवहारिक उदाहरण सहित अभिकर्तालाई प्रशिक्षण दिइनुपर्छ। अभिकर्ताले बीमासँग सम्बन्धित सबै पक्षकाे बारेमा जानकारी राख्नु अत्यावश्यक हुन्छ। आफूले बीमालेख बिक्री गर्ने क्रममा संभावित बीमितबाट आउन सक्ने जिज्ञासाकाे सामना गर्नका लागी यस्ताे जानकारीहरु अति नै जरुरी हुन्छ।
अभिकर्ताका लागि कार्यकक्षः
काम गर्न वातावरणकै कुरा गर्ने हाे भने जीवन बीमककाे कार्यालयभित्र अभिकर्ताका लागि काम गर्ने वातावरण छ कि छैन भन्ने पक्ष पनि हेर्नुपर्छ। घरबाट म काममा निस्के भनेर हिंडेकाे अभिकर्ता बीमककाे कार्यालयमा आफ्नाे ब्याग थन्क्याएर दुई चारजना संभावित व्यक्तिहरूसँग टेबलमा चिया खाँदै गफ गर्दै काम गर्ने वातावरण छ कि छैन भन्ने पक्ष पनि उत्तिक्कै महत्वपूर्ण हुन्छ। राम्राे व्यापार गरिरहेका बीमककाे कार्यालयमा अभिकर्ताहरूका लागि बेग्लै आरामदायी कार्यकक्ष बनाइएकाे हुन्छ। अभिकर्ताहरु भेटघाट गर्ने,फारम भर्ने, बीमितलाई वित्तीय सल्लाह दिने, कार्यालयभित्र आरामसाथ बीमितलाई बसाएर सेवा दिने वातावरण दिन सफल बीमकले व्यापार पनि सन्ताेषप्रद गरिरहेका छन् ।