IME Life New

विवरण अध्यावधिक नगराउँदा हजाराैं शिक्षक जीवन बीमा सुविधाबाट बञ्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाका लागि आवश्यक सामान्य जानकारी अध्यावधिक नगराउँदा सामुदायीक विद्यालयका हजाराै‌ं शिक्षकहरु जीवन बीमा सुविधाबाट बञ्चित हुनु परेकाे छ। नेपाल सरकारले नागरिक लगानी काेषमार्फत् सामुदायीक विद्यालयका शिक्षकहरूकाे सावधिक जीवन बीमाकाे सुविधा उपलब्ध गराएकाे छ।

जीवन बीमाकाे सुविधा आर्थिक वर्ष २०७५/७६ देखि काेषले राष्ट्रिय बीमा स‌ंस्थान मार्फत् प्रदान गर्दै आएकाे छ। काेषका अनुसार अझै पनि थुप्रै सामुदायीक विद्यालयले सावधिक जीवन बीमाका लागि सम्बन्धित शिक्षककाे जन्म मिति र सिट राेल नम्बर उपलब्ध नगराएकाले शिक्षकहरु बीमा सुविधाबाट बञ्चित हुनु परेकाे हाे।

Esewa
Crest

जन्म मिति र सिट राेल नम्बर उपलब्ध नभएसम्म राष्ट्रिय बीमा स‌ंस्थानले सम्बन्धित शिक्षककाे नाममा जीवन बीमालेख जारी नगर्ने भएकाले विवरण काेषले सार्वजनिक सूचनामार्फत् सम्बन्धित शिक्षक र विद्यालयलसँग काेषकाे वेबसाइटबाट फारम डाउनलाेड गरेर काेषकाे इमेल ठेगानामा विवरण उपलब्ध गराउन काेषले अनुराेध गरेकाे छ।

राष्ट्रिय किताब खाना(शिक्षक)ले देशभरका सामुदायीक विद्यालयमा नियुक्त हुने स्थायी शिक्षकहरूकाे नियुक्ति सम्बन्धी विवरण र व्यक्तिगत विवरण भर्नका लागि उपलब्ध गराउने फारमलाई सिट भनिन्छ । यस्ताे सिट किताब खानाले दर्ता गरी सकेपछि सम्बन्धित शिक्षककाे नाममा स‌ंकेत नम्बर जारी गर्छ, त्यही संकेत नम्बर नै सिट राेल नम्बर हाे । शिक्षककाे निवृत्तीभरण, उपदान, सम्पत्ती विवरण, तलबी प्रतिवेदन उपलब्ध गराउनका लागि किताब खानाले अनिवार्यरूपमा सम्बन्धित शिक्षककाे सिट राेल नम्बर माग्ने भएकाले स्थायी नियुक्ति भएकाे ३ महिनाभित्र सम्बन्धित शिक्षकले सिट फारम भरेर किताब खाना(शिक्षक)बाट सिट राेल नम्बर प्राप्त गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS