काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश र मर्जर प्रस्ताव पारित पारित गरेको छ । उक्त सभा आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।