IME Life New

हकप्रद निष्काशनकाे तयारीमा रहेकाे एलआईसी नेपालले पायो ‘इक्रा एनपि ए’ रेटिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले इक्रा नेपालबाट ‘इक्रा एनपि आइआर ए’  रेटिङ्ग पाएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले एलआईसी नेपाललाई प्रस्तावित हकप्रद शेयर निष्काशन गर्ने प्रयाेजनका लागी यस्ताे रेटिङ प्रदान गरेको हो।

पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनका लागी एलआइसी नेपालले १ः०.८८४५६८ काे अनुपातमा हकप्रद शेयर निष्काशनकाे तयारी गरिरहेकाे छ।

Esewa
Crest

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआइसीले पाएकाे रेटिङले ताेकिएकाे समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेकाे अवस्थालाई जनाउँछ। यस्ताे शेयर निष्काशनकर्ताले एकदमै न्यून कर्जा जाेखिम बहन गरेका हुन्छन् ।

A.409-Life-Insurance-Corporation-Nepal-Limited-LICN_September-2023_Final

एलआइसी नेपालकाे मुख्य प्रवर्द्धक भारतीय जीवन बीमा कम्पनी एलआइसीले हकप्रद शेयरका लागी थप पूँजी लगानी गर्ने निर्णय गत चैत्र महिनामै गरिसकेकाे थियाे । यसले बीमा नियामकबाट विदेशी लगानी थप्ने र हकप्रद शेयर जारी गर्ने इजाजत पाइसकेकाे छ। हकप्रद शेयर जारी गर्नका लागी अन्तिम स्वीकृती प्राप्त गर्न एलआइसी नेपालले नेपाल धिताेपत्र बाेर्डमा आवेदन समेत दिइसकेकाे छ।

अन्य बीमकलाई पूँजी वृद्धिका लागी मर्जरमा जान बाध्य बनाएकाे बीमा नियामक नेपाल बीमा प्राधिकरणले वैदेशिक पूँजी भित्रिने कारण जनाउँदै एलआइसी नेपाललाई अपवादकारुपमा ८८ प्रतिशत हकप्रद शेयर जारी गर्नका लागी स्वीकृती दिएकाे थियाे ।

एलआइसी नेपालले हकप्रद शेयर निष्काशनकाे लागी शेयरबिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बै‌ंकिङ लिमिटेडलाई नियुक्त गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS