IME Life New

एलआइसी नेपालकाे बीमा काेष ४ वर्षमै ६० प्रतिशतले बढ्याे, कूल रकम १ खर्बभन्दा माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । भारतीय संयुक्त लगानीकाे जीवन बीमक लाइफ इन्स्याेरेन्स कर्पाेरेशन(एलआइसी) नेपालकाे जीवन बीमा काेषकाे आकार पछिल्लाे चार वर्षकाे अवधिमा ६० प्रतिशतले वृद्धि भएकाे छ। यसकाे जीवन बीमा काेष गत आव २०७९/८० काे असार मसान्तसम्ममा १ खर्ब ७ अर्ब ४७ कराेड रुपैयाँ नाघेकाे छ।

एलआइसी नेपालकाे जीवन बीमा काेष आर्थिक वर्ष २०७६।७७ मा जम्मा ६७ अर्ब ४६ कराेड ७० लाख रुपैयाँ रहेकाे थियाे । २०७७/७८ मा ८० अर्ब माथि, २०७८/७९ मा ९५ अर्ब हुँदै गत आवमा १०७ अर्ब नाघेकाे हाे । एक खर्बभन्दा ठूलाे आकारकाे जीवन बीमा काेष भएकाे याे दाेश्राे जीवन बीमक हाे । जीवन बीमा काेषबाट अल्पकालीन र दीर्घकालीन लगानीकाे साथै बीमितलाई बीमालेख धिताेमा उपलब्ध गराएकाे कर्जा रकम समेत गत आवकाे अन्त्यसम्ममा एलआइसीले १ खर्ब ८ खर्ब ९२ कराेड रुपैयाँ लगानी गरेकाे छ।

Esewa
Crest

एलआइसी नेपालकाे कूल बीमाशुल्क आम्दानीकाे ९९ प्रतिशत हिस्सा सावधिक जीवन बीमा याेजनाबाट प्राप्त हुने प्रथम् बीमाशुल्क र नविकरण बीमाशुल्कमा निर्भर रहेकाे छ। नेपाल बीमा प्राधिकरणले म्यादी र लघु बीमा बिक्रीमा जाेड दिए पनि याे बीमकले गत आवमा १ कराेड ६० लाख रुपैयाँ मात्र म्यादी बीमालेखकाे बिक्रीबाट आम्दानी गरेकाे छ।

बीमा कम्पनीहरुकाे बढ्दाे उपस्थितिसँगै बढ्दाे प्रतिस्पर्धा र बीमालेख समर्पणमा बढ्दाे दबाबसँगै अघिल्लाे आवकाे तुलनामा गत आवमा कूल बीमाशुल्क र प्रथम् बीमाशुल्क दुबै उल्लेख्यरुपमा घटेकाे छ। अघिल्लाे आवमा २ अर्ब ९६ कराेड ९० लाख प्रथम् बीमाशुल्क आर्जन गरेकाेमा गत आवमा २ अर्ब २८ कराेड ७० लाख रुपैयाँमै सीमित हुन पुगेकाे थियाे । व्यवस्थापन खर्चलाई खुद बीमाशुल्क आम्दानीकाे पाँच प्रतिशतभित्र सीमित राख्न सफलता पाएकाे छ। गत आवमा कर्मचारीकाे तलबभत्तालगायत कूल ८९ कराेड १० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकाे थियाे ।

पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनका लागि एलआइसी नेपालले १ः८८४५ काे अनुपातमा हकप्रद शेयर निष्काशनकाे तयारी गरिरहेकाे छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार एलआइसीले पाएकाे रेटिङले ताेकिएकाे समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेकाे अवस्थालाई जनाउँछ।

जीवन बीमा कम्पनीहरुबीच बढ्दाे प्रतिस्पर्धासँगै पछिल्लाे चार वर्षयता प्रथम् बीमाशुल्क आम्दानी क्रमशः खुम्चि‌ंदै गएकाे छ। २०७४ सालमा थप १० वटा जीवन बीमककाे प्रवेशसँगै बढेकाे प्रतिस्पर्धा र बजारकाे विभाजनले नयाँ बीमालेख बिक्रीबाट हुने बीमाशुल्क आम्दानी घट्दै गएकाे इक्राले उल्लेख गरेकाे छ। यो कठिन आर्थिक अवस्था र उच्च ब्याज दरको बीचमा विगत तीन वर्षमा बीमालेख समर्पणमा भएको वृद्धिसँगै एलआइसी नेपालको व्यापारको भविष्यबारे पनि चिन्ताकाे अवस्था दर्शाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS