IME Life
Beema Board

लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आब्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको हो । उक्त सभा बैंकले कात्तिक २ गते, गर्ने जनाएको छ । सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ । बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५ दशमलव ७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ।

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामाभाग लिनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS