IME Life New

कामना सेवा विकास बैकद्वारा ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत असोज ६ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरीहरुलाई वैंकिङ प्रणाली, वचत तथा कर्जा कारोवार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण दिइएको थियो ।

बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशिल पौडेलले वचतको महत्व, दैनिक जिवनमा गरिने वचत व्यवहार, कर्जा सम्वन्धी कारोवार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्व, अवसर र चुनौतीका वारेमा प्रस्तुतिकरण गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा वोल्दै एसपी आचार्यले दैनिक जिवनमा वचत गनुपर्ने थाहा भएतापनी कसरी वचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा वचतको महत्व वुझेर वचत वानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौशला मिलेको बताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS