IME Life New

आशा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले १ लाख ३० हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा ईच्छुक कम्पनी तथा व्यक्तिले शेयर खरिद आवेदन दिन पाउनेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यसअघि संस्थाले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि आवेदन खुला गरेको हो।

Esewa
Crest

उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। आवेदन काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS