Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले माछापुच्छ्रे बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात ७ गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले भोलि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले २५औं वार्षिक साधारण सभा असोज १८ गते, बिहीबार सभा बोलाएको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा गर्ने बैंकले जनाएको छ । वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ। कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतका दरले हुने आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ बराबरको बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७० प्रतिशतका दरले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS