IME Life New

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैंकले एकजनालाई अधिकत्तम एक करोडसम्म कर्जा दिने भएको छ ।

यो कर्जा २० वर्षे अवधिको हो । यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैंकले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन । खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैंकले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुनेछ ।

Esewa
Crest

सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनी पेशासंग सम्बन्धित व्यक्तिहरुलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको बैंकका कर्जा प्रमुख किरण नेपालले बताए ।

यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । ‘धेरैजसो बैंकहरुले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौं’– कर्जा प्रमुख नेपालले भने– ‘नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ।’

यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैंकले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैंकको विश्वास छ ।

२०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक बनेको हो । बैंकको पांच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैंकको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS