IME Life New

कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबीच व्यवसायिक सहकार्यको सम्झौता भएको छ । घरघरमा डाक्टर प्रालिले रोग निधान तथा प्रतिरक्षाका लागि सर सल्लाह सहितको उपचारको प्रवन्ध गर्दछ भने कृषि विकास बैंकले घरघरमा डाक्टर प्रालिका ग्राहकहरुको पाँच लाख रुपैयाँको दुर्घटना बीमा सहितको बैंक खाता खोली कारोबारमा सहजता कार्य गर्दछ ।

घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र कृषि विकास बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले यस सम्बन्त्री सम्झौता पत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत सुरुवात गरेका छन् । सम्झौता पत्र आदान प्रदान गर्दै घरघरमा डाक्टर प्रालिका अध्यक्ष जिसीले सहकार्यले दुबै संस्थालाई एक ठाउँमा ल्याएको छ ।

Esewa
Crest

यसको लाभ स्वभाविक रुपमा दुबैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गरे । कृषि विकास बैंकसँग कारोबार गर्दा थप गौरव महसुस गर्दै आजको सरकारी बैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्बल रहेको र बैंकिंङ कारोबार गर्न घरघरमा डाक्टर प्रालि तत्पर रहेको उल्लेख गरे ।

बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले घरघरमा डाक्टर प्रालिका देशभरी रहेका सेवाग्राही, प्रालिका कर्मचारीको तलब बचत खातालगायत कर्जा, बैंक जमानत तथा प्र्रतितपत्र कारोबार समेत बैंकले गर्ने गरी भएको सम्झौताकालागि धन्यवाद व्यक्त गर्दै बैंक सँधै ग्राहक सेवामा समर्पित रही गुनासो रहित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

बैंकिङ बजारमा सरकारी बैंकको बारोबारका सम्बन्धमा सकरात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी यो सम्बन्धलाई थप मजबुत बनाइ दियो प्रभावकारी कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौतामा बैंकले घरघरमा डाक्टर प्रालिका सेवाग्राहीहरुको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सहतिको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टर प्रा।लिका कर्मचारीहरुकालागि विनाधितो कर्जा दिनेछ । यस अतिरिक्त तलब खातामा बैंकका सेवाहरुमा छुट प्रदान गर्नेछ । घरघरमा डाक्टर प्रालिले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पुर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको ५० प्रतिशतमा छुट दिनेछ ।

सम्झौता समारोहमा बैंकका ब्राण्ड एम्बेसेडर जितु नेपाल, बैंकको मार्केटिंग तथा सेल्स विभागका विभागीय प्रमुअ वीना शर्मा, सेन्ट्रल अपरेशन विभागका विभागिय प्रमुख मीन राज पोखरेल लगायत घरघरमा डाक्टर प्रालीका कर्मचारीहरु र बैंकको मार्केटिंङ तथा सेल्स विभागका कर्मचारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS