IME Life New

बीमालेखकाे निरन्तरताका लागि बीमक र बीमितबीच नियमित सम्बन्धकाे महत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । जीवन बीमा कम्पनी र बीमितबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि दुबै पक्षबीच नियमित सम्पर्क र अन्तरकृयाले सकारात्मक नतिजा ल्याउँछ। सावधिक जीवन बीमा एक दशकभन्दा पनि लामाे अवधिसम्मका लागि गरिने भएकाले बीमा अवधिभर निश्चित समय अन्तरालमा बीमक र बीमितबीच विभिन्न माध्यमबाट सम्बन्ध र सम्पर्क कायम राख्न सके यसले बीमितलाई बीमा कम्पनीप्रतिकाे अपनत्व जगाउन सघाउँछ।

बीमक र बीमितबीच सम्पर्क र सम्बन्ध कायम राख्नका लागि बीमालेख बिक्री गर्नु अघि, बीमालेख बिक्रीकाे समयमा, बीमालेख बिक्री गरिसकेपछि, बीमालेख बिक्री गरेकाे कम्तीमा प्रत्येक वर्षकाे अन्तरालमा, बीमाशुल्क किस्ता तिर्ने समयमा, बीमितकाे जन्मदिन, वैवाहिक वर्षगाँठकाे अवसर, बीमालेख कर्जाका लागि याेग्य भएपछिकाे समय, बीमालेखकाे अग्रिम भुक्तानी (जीवित लाभ), बीमालेख परिपक्व हुनुपूर्व, परिपक्व भइसकेपछि र परिपक्वता दाबी वा मृत्यु दाबी भुक्तानी गरेपछिसम्म पनि दुबै पक्षबीच अन्तरकृया गर्न सकेकाे अवस्थामा बीमितलाई बीमकप्रतिकाे विश्वास बलियाे बनाउन र आफ्नाेपनकाे अनुभूती दिलाउन उल्लेख्य मद्दत गर्दछ ।

Esewa
Crest

जीवन बीमक स‌ंघ नेपालका अध्यक्ष पाेषक राज पाैडेलले बीमितसँगकाे सम्बन्ध सुमधुर बनाउनका लागि तीन फरक फरक जिम्मेवारीकाे साथमा धेरै बीमकले  कल सेन्टर सञ्चालनमा ल्याएकाे जानकारी दिए । उनले भने, बीमालेख बिक्री गरि सकेपछि स्वागत कल मार्फत् बीमितले खरिद गरेकाे बीमालेखबारे प्रष्ट्याउने गरेकाे जानकारी दिए। याे चरणकाे अन्तरकृयाबाट बीमित स्वयमले स्वास्थ्य परिक्षण गराएकाे हाे कि हाेइन,बीमितलाई अभिकर्ताले झुक्याएकाे पाे छ की, गलत जानकारी पाे दिएकाे छ कि भन्ने जानकारी पाउन एकदमै महत्वपूर्ण हुन्छ। बीमककाे प्रधान कार्यालयबाट नै फाेनमा कुराकानी गर्दा बीमितलाई अपनत्वकाे अनुभूती दिलाउन निक्कै सघाउ पुग्ने देखिएकाे अनुभव उनले सुनाए ।

बीमाशुल्क किस्ता भुक्तानी गर्ने मितिभन्दा ३० दिन पूर्व, ७ दिन पूर्व, भुक्तानी गर्नुपर्ने मिति र भुक्तानी गर्नुपर्ने मितिबाट ३० दिन नाघ्नु अघि समेत बीमितलाई इमेल, एसएमएस र फाेनमार्फत् सम्पर्क गरेर समेत बीमितलाई बीमाशुल्क भुक्तानीका लागि अनुराेध गर्दा बीमालेख व्यतित हुने स‌ंभावनालाई टार्न सकिन्छ। जीवन बीमा कम्पनीकाे कल सेन्टरमा कार्यरत अनुभवीहरुका अनुसार फाेन गरिसकेपछि अधिका‌ंश बीमितले बीमाशुल्क किस्ता भुक्तानीका लागि सकारात्मक प्रतिकृया दिने गरेका छन् । बीमालेख बिक्री गरेकाे समयमा नै बीमित वा कर्मचारीले ढाँटेर बीमा गरेकाे भए चाहिँ बीमितहरु आक्राेशित हुँदै बीमालेख नै त्याग्ने चेतावनी दिने गरेका छन् ।

बीमालेख धिताेमा कर्जा लिएका बीमितलाई समेत कर्जाकाे ब्याज तिर्ने समय भएपछि बीमितलाई ब्याज भुक्तानीका लागि सुझाव दिएर पनि बीमकले बीमितसँग सम्पर्कलाई उपयाेग गर्न सक्छन् । ब्याज रकम सीमित हुने भएकाले ब्याज रकम मात्र असुली हुन सक्याे भने पनि नियमित रहेकाे बीमालेखकाे दाबी भुक्तानीकाे समयमा साँवा रकम असुलेर बीमकले बीमालेख व्यतित हुने अवस्थाबाट उम्कने स‌ंभावना रहन्छ।

बीमालेख समर्पणका लागि शाखा कार्यालयमा आउने बीमितलाई समर्पण गर्दाकाे नाेक्सानीकाे बारेमा सम्झाई बुझाई गरेर निर्णय फिर्ता लिन फकाउने प्रयास गर्छन् । शाखा स्तरबाट फकाउने प्रयास असफल भएकाे अवस्थामा प्रधान कार्यालयबाटै सम्बन्धित बीमितलाई फाेनमार्फत् सम्पर्क गरेर समर्पण गर्नुकाे वास्तविक कारण बुझेर वैकल्पिक उपाय सम्झाउने र पैसाकाे खाँचाे टार्नका लागि बीमालेख कर्जा लिन सकिने भन्दै सम्झाई बुझाई गरेर पनि समर्पण टार्ने प्रयास गर्छन् । तर यस्ताे अभ्यास सीमित बीमा कम्पनीले मात्र गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS