IME Life New

निरन्तर घट्दाे शेयर बजार उकास्ने उपायबारे अर्थमन्त्रीद्वारा उच्च पदस्थ अधिकारीहरुसँग चासाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका लगानीकर्ताकाे कमजाेर मनाेबलसँगै शेयर बजार निरन्तर ओरालाे लाग्दै गएपछि अर्थमन्त्री डा‍. प्रकाशशरण महतले चासाे देखाएका छन् । धिताेपत्रकाे काराेबार हुने एक मात्र धिताेपत्र बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक निरन्तर ओरालाे लागेपछि लगानीकर्ताहरु हताेत्साहित बन्दै गएका छन् ।

अर्थमन्त्री महतले गभर्नर महाप्रसाद अधिकारी, धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्णबहादुर कार्कीसँग धिताेपत्र बजारकाे अवस्थाबारे छलफल गरेका हुन् । उनले शेयर बजारलाई उकास्ने उपायका बारेमा चासाे राखेका थिए ।

Esewa
Crest

शेयर बजारका ठूला लगानीकर्ताहरुले शेयर बजार ओरालाे लाग्नुमा नेपाल राष्ट्र बैंकले लागू गरेकाे एकैजना ग्राहक वा कुनै एक स‌ंस्थालाई शेयर धितोमा अधिकत्तम १२ करोड रुपैयाँ कर्जा दिन सकिने प्रावधान मुख्य कारक तत्वहरुमध्ये रहेकाे भन्दै आराेप लगाउँदै आएका छन् । अर्थमन्त्रीले संस्थागत ग्राहककाे हकमा लगानीकाे सीमा खुल्ला छाेड्न सकिने संभावनाबारे चासाे राखेकाे बताइएकाे छ ।

लगानीकर्ताहरूले सर्वसाधारणले व्यक्तिगतरूपमा शेयर धिताे कर्जामा १२ कराेड रूपैयाँसम्म मात्र कर्जा लिन पाउने प्रावधानलाई खुकुलाे बनाएर २५ कराेड रूपैयाँसम्म कर्जा लिन पाउनुपर्ने प्रावधान ल्याउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS