IME Life New

रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा गत बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ। बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेबनबीच भएको सम्झौता अनुसार पेट्रोल स्टेसनमा आउने सम्पूर्ण ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको उक्त काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्डमार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् भने भुक्तानी प्राप्त भएपश्चात् नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्दछन्।

Crest

बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषका तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS