काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले प्रस्तावित १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
क्यापिटलले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४० लाख रुपैयाँले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभले उक्त प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ८ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।