IME Life New

प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने, गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सम्झौता गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पान्डेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।

Esewa
Crest

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर ईभी चाहिँ इन्डोनेसियालगायत विश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेहिकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ। यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभीसमेत बनेका छन्। वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त उक्त इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३०० किलोमिटर सम्मको रेन्ज दिनेछ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ। रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

वज्र ग्रुप ३१ वर्ष पुरानो व्यापारिक घरना हो। वुलिङ एयर ईभी कार खरिद गर्ने ग्राहकलाई नेपालभरि उपलब्ध गराउने सुविधा छ। काठमाडौंको नक्साल, भैँसेपाटी र भक्तपुरमा आधिकारिक शोरुमबाट बिक्री भइरहेको छ। नेपालभरि रहेको ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS