काठमाडौं । सानिमा बैंक कोष प्रवर्दक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रही सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को लागि प्रतिफल घोषणा गरेको हो। फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत प्रतिफल बितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो। योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्न लागेको जनाएको छ । प्रतिफल बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलको भनाई छ ।