Connect IPS
IME Life

समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले भदौ २२ गते शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैह्र सरकारी संस्था महासंघ वाग्मति प्रदेशको अध्यक्ष श्रीमति आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये भदौ महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरुको बारेमा प्रस्तुति दिनुका साथै उक्त महिलाहरुलाई हरितालिका तिजको उपलक्ष्यमा श्रृंगारका सामाग्रीहरु वितरण गरी दर कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS