IME Life New

लगानीका लागि पूँजीकाे बलियाे श्राेत बन्दै बीमा कम्पनी, वर्ष दिनमै २० प्रतिशतले बढ्याे लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । बीमा कम्पनीहरुकाे लगानी वर्ष दिनकाे अवधिमा करिब २० प्रतिशतले वृद्धि भएकाे छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुकाे कूल बीमाशुल्क आम्दानी र नाफामा वृद्धिसँगै अल्पकालीन तथा दीर्घकालीन दुबैखाले लगानी समेत गत आर्थिक वर्षमा कूल लगानी १९.२६ प्रतिशतले वृद्धि भएकाे हाे ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमकबाट भएकाे लगानी गत आव २०७९/८० मा ६ खर्ब २८ अर्ब ९६ कराेड रुपैयाँ पुगेकाे छ। बीमा कम्पनीहरुले अघिल्लाे आव २०७८/७९ मा ५ खर्ब २७ अर्ब ३७ कराेड रुपैयाँ लगानी गरेका थिए । प्राधिकरणका अनुसार गत आवमा जीवन बीमा कम्पनीकाे लगानी ५ खर्ब ६९ अर्ब १६ कराेड रुपैयाँ रह्याे । निर्जीवन बीमकले ५९ अर्ब ६९ कराेड रुपैयाँ लगानी गरेका थिए ।

Esewa
Crest

बीमा उद्याेगबाट भएकाे कूल लगानी मध्ये जीवन बीमा कम्पनीहरुले गरेकाे लगानी ९० प्रतिशतभन्दा बढी छ। यसैगरी निर्जीवन बीमा कम्पनीकाे याेगदान ९.५ प्रतिशतकाे हाराहारीमा मात्र रहेकाे छ।

निर्जीवन बीमककाे तुलनामा जीवन बीमकले बीमितबाट दीर्घकालीन वित्तीय दायीत्व बाेकेका हुन्छन् । यसबाहेक निर्जीवन बीमा छाेटाे अवधिका लागी मात्र हुने भएकाले जीवन बीमाकाे तुलनामा निर्जीवन बीमाकाे बीमाशुल्क आम्दानीकाे आयतन तुलनात्मकरुपमा अन्यन्तै थाेरै हुन्छ। जीवन बीमा कम्पनीले ५ देखि २५ वर्षसम्मकाे अवधिकाे बीमालेख जारी गर्दा बीमितसँग वार्षिकरुपमा नविकरण बीमाशुल्क वापत प्राप्त आम्दानीलाई जीवन बीमा काेषकाे रुपमा जम्मा गर्दै जान्छन् । भविष्यमा आइपर्न सक्ने दाबी भुक्तानी दिन र बीमालेख बाेनश वितरण गर्नका लागी जीवन बीमकले बीमा काेषकाे रकम अल्पकालीन र दीर्घकालीन रुपमा लगानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS