IME Life New

बीमा कम्पनीले पनि दाबी भुक्तानी दिंदा बीमितकाे केवाइसी अनिवार्य गर्न थाले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । बीमा कम्पनीहरूले सूचना प्रविधिकाे प्रयाेगलाई बढाउँदै लैजाँदा भाैतिकरुपमा गरिने दाबी भुक्तानीलाई समेत अभाैतिकरण गर्न थालेका छन् । अधिका‌ंश बीमकले बीमितलाई चेकमार्फत् दाबी भुक्तानी दिनुकाे साटाे सिधै ब‌ै‌ंक खातामा नै रकम भुक्तानी दिन थालेका छन् । बीमितसँग नगदमा बीमाशुल्क भुक्तानी लिनुभन्दा पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न बीमितलाई प्राेत्साहन गरिरहेका छन् ।

बीमितसँग हुने काराेबारलाई पारदर्शी र भरपर्दाे बनाउनका लागी बीमा कम्पनीले अहिले बीमित पहिचानलाई क्रमशः कडाईका साथ कार्यान्वयनमा ल्याउन थालेका छन् । केही बीमा कम्पनीले बीमितकाे पहिचान पूर्णरुपमा अध्यावधिक नहुँदासम्म दाबी सम्बन्धी कुनै पनि सेवा दिनमा राेक लगाउन शुरु गरेका छन् ।

Esewa
Crest

दाबी भुक्तानी लिन आउने वा बीमालेख धिताेमा कर्जा लिन आउने बीमितलाई माेबाइल नम्बर, इमेल ठेगाना, अध्यावधिक ठेगाना, बैंक खाता विवरणलगायतका विवरण विस्तृतरूपमा मागेर बीमित पहिचान अध्यावधिक भएपछि मात्र भुक्तानी दिने प्रबन्ध मिलाएका छन् ।

विद्युतीय भुक्तानी माध्यमकाे प्रयाेग नहुँदा र बीमित पहिचान अनिवार्य नहुँदा नेपाल लाइफ इन्स्याेरेन्सकाे बानेश्वर शाखामा बीमितकाे नामबाट अभिकर्ताले नै बीमालेख धिताे कर्जा लिएर अपचलन गरेकाे घटना हालै मात्र सार्वजनिक भएकाे थियाे ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५ निर्देशिकामा बीमकले ग्राहक पहिचान अध्याविधक गर्ने कार्य २०७५ साल चैत्र मसान्तभित्र गरिसक्नुपर्ने उल्लेख भए पनि अझैसम्म पनि अधिका‍ंश जीवन बीमकले बीमित पहिचान अध्यावधिक गर्ने काममा चासाे देखाएका छैनन् ।

बीमित पहिचानलाई व्यवस्थित बनाउनका लागी नेपाल बीमा प्राधिकरणले हालै बीमालेख बिक्रीका लागी सूचना प्रविधिकाे प्रयाेग सम्बन्धी निर्देशिका  मस्याैदामा बीमितकाे पहिचान छुट्याउनका लागी प्रत्येक बीमितलाई विशिष्ट पहिचान स‌ंकेत नम्बर उपलब्ध गराउनुपर्ने उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS