IME Life New

एलआइसी नेपाल २३औं वर्षमा प्रवेश, आगामी दिनमा अझ उत्कृष्ट बीमा सेवा दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपालले २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्धि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । कम्पनीको कर्पोरेट कार्यालयमा एक कार्यक्रमको आयोजना गरी २२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमामा यस कम्पनीकी टप एजेण्ट रिता खतिवडा, पुर्ण बहादुर खड्का र पोलिसी होल्डरहरु, अभिकर्ता, कम्पनीका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको प्रष्ट पारे । कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी, अभिकर्ता लगायत सबैमा उनले हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

आगामी दिनहरुमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षाका साथ कम्पनीबाट प्रवाह गरिने सेवाहरु थप मर्यादित, सरल एवं विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीको प्रमुख संस्थापक शेयरधनीहरुमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ । हाल एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले विगतका वर्षमा आकर्षक लाभांश दिदै आएको छ । प्राधिकरणले मर्जर मार्फत संख्या घटाउन पूँजी बृद्धि योजना ल्याउदा समेत कम्पनीले हकप्रद मार्फत पूँजी जुटाउने तयारी गरिसकेको छ ।

विगत २२ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब ७ अर्ब ४७ करोड ९३ अर्ब ६३ करोड छ । कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमाससम्ममा १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले शेयरधनीका अतिरिक्त बीमितहरुलाई पनि आकर्षक बोनसदर दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS