IME Life New

रिलायबल नेपाल लाइफ सातौं वर्षमा प्रवेश, ६ अर्बकाे बीमा काेष, सवा अर्बभन्दा बढी दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गतेदेखि अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ मंसिर १८ गते नै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई झण्डै १० वर्ष पछि अर्थात २०७४ साउन १८ गते बीमा समितिबाट जीवन बीमा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । लाइसेन्स पाएको एक महिना पछि व्यवसाय नै शुभारम्भ गरेको थियो ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा काठमाडौं, बुटवल र दमकमा रक्तदान कार्यक्रमहरु आयोजना गरी मनाउने जनाएको छ भने अन्य विविध कार्यक्रम पनि आयोजना गर्नेछ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोही अवसरमा कम्पनीले समता गुठीलाई ५ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । साथै, विभिन्न विद्यालयहरुमा विद्यालय सामाग्री तथा अनाथ आश्रमहरुमा खाध्यन्न लगायतका सामाग्रहरु वितरण गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले स्थापनाको छोटो समयमै स्थापित र प्रचलित ब्राण्ड बनाउन सफल भएको छ । कम्पनीले ६ वर्षकाे अवधिमा प्रिमियम मूल्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्न अगुवाई गरेर बीमा उद्याेगमा इतिहास रच्न सफल भएकाे छ। रिलायबल नेपालले नेपालकाे बीमा कम्पनीकाे इतिहासमा पहिलाे पटक प्रिमियम मूल्यमा शेयर जारी गर्ने अवधारणा ल्याएकाे थियाे । रिलायबल नेपालले अगुवाई गरेपछि अन्य जीवन बीमकले पनि प्रिमियम मूल्यमा शेयर जारी गर्न चासाे देखाएका थिए ।

६ वर्षकाे अवधिमा ६ अर्ब ६३ कराेड ४८ लाख रुपैयाँकाे जीवन बीमा काेष खडा गर्न सफल भएकाे छ। गत आव २०७९/८० मा मात्र जीवन बीमा काेषमा २ अर्ब २ कराेड ९८ लाख रुपैयाँ थप्न सफल भएकाे छ। १ अर्ब २५ कराेड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेकाे छ। गत आवकाे असार मसान्तसम्म २५ वटा दाबी वापत कूल ८८ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेकाे थियाे ।

जगेडा तथा काेषमा १ अर्ब ४७ कराेड ९९ लाख रुपैयाँ छ भने महाविपत्ती जगेडा काेषमा १५ कराेड रुपैयाँभन्दा बढी सञ्चित छ। दीर्घकालीन लगानी तथा कर्जामा ९ अर्ब २२ कराेड ६३ लाख रुपैयाँ लगानी गरेकाे छ। गत आवमा कूल ३ अर्ब ४७ कराेड ८९ लाख ४६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएकाे छ। असमाप्त जाेखिम वापत ३० कराेड रुपैयाँ व्यवस्था गरेकाे याे जीवन बीमकले  भुक्तानी हुन बाँकी दाबीवापत ८८ लाख १९ हजार रुपैयाँ व्यवस्था गरेकाे छ। गत आवकाे असार मसान्तसम्ममा रिलायबल नेपालकाे चुक्ता पूँजी २ अर्ब ८० कराेड रुपैयाँ कायम छ। आइपिओ निश्काशन पछि कम्पनीको चुक्ता पूजी ४ अर्ब पुगेको छ ।

छैटौं वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीले देशको सुगम तथा दुर्गम भेगमा गएर बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले स्थापनाकालदेखि नै माइक्रोइन्स्योरेन्स पोलिसी विक्री गरिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा २२ वटा बीमा पोलिसी विक्री गरी ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आगमी दिनहरुमा पनि कम्पनीले हरेक क्षेत्रमा बीमा सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै परिष्कृत साथै सल सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS