Connect IPS
IME Life

भदौ १५ गतेदेखि निष्कासन हुने सिटिजन लाइफको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गते देखि ९० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्दै छ । कम्पनीले प्रति शेयर रू. एक सय अङ्कित दरमा प्रिमियम बापत रू. १४४ थप गरी प्रति शेयर रू. २४४ मा  सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्दै छ ।

Prabhu
Crest

आईपीओमा आवेदन दिने समय :
सर्वसाधारणले  भदौ १५ गते देखि भदौ १९ गतेसम्म आवेदन दिनुपर्ने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १५ लाख  कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रजिष्टर्ड कार्यालय:
यस कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय काठमाडौं महानगरपालिका-११, एल.एस. कम्प्लेक्स, थापाथली काठमाडौंमा रहेको छ ।

शाखा संजाल :
यस कम्पनीले मिति २०८० साल असार ७ गतेसम्म ४६ शाखा कार्यालय तथा ९४ उपशाखा कार्यालयहरूबाट जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ ।

कम्पनीको ईतिहास र स्थापना :
यो कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ आषाढ १२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०७९ तथा बीमा विनियमावली, २०४९ अनुसार मिति २०७४ भाद्र ७ गते नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त गरी जीवन बीमा कम्पनीको हैसियतले मिति २०७४ कार्तिक २ गते देखि जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ५ अर्ब
चुक्ता पुँजी : २ अर्ब ६२ करोड ५० लाख ( आईपीओ अघि )
चुक्ता पुँजी : ३ अर्ब ७५ करोड (आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ६२ करोड ५० लाख रहेको र साधारण शेयर विक्री प्रक्रिया पश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात् कम्पनीमा संस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

संचालक समितिको जानकारी :
कम्पनीको संचालक समितिको अध्यक्षमा प्रदीपजङ्ग पाण्डे रहेका छन् । त्यस्तै संचालक समितिका अन्य सदस्यमा सुमितकुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर, दावा फुटी शेर्पा, अभिनव ज.व. राणा, श्रीमान कार्की (स्वतन्त्र संचालक) रहेका छन् ।

व्यवस्थापक समितिको जानकारी :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल कार्यरत छन् । सिईओ पौडेलको अनुभव यस प्रकार छ :

  • वरिष्ठ प्रबन्धकको रुपमा लेखापरीक्षण तथा व्यवस्थापन तहमा रहेर वि.सं.२०५२-२०५८ सम्मको कार्य अनुभव
  • वित्त प्रमुखको रुपमा मेटलाइफ इन्स्योरेन्स कम्पनी लि.मा १५ वर्षको कार्य अनुभव
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा मिति २०७४/०९/३० देखि कार्यरत

त्यस्तै उच्च व्यवस्थापनमा दशरथमणी खड्का (प्रमुख सञ्चालन अधिकृत), दिपबहादुर वि.सी. (नायव महाप्रबन्धक), भुषण रिमाल (सहायक महाप्रबन्धक)को रुपमा कार्यरत छन् ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७८/७९ को वास्तविक वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ४९ पैसा रहेको छ भने किताबी मूल्य १७२ रुपैयाँ ४३ पैसा छ । आ.व. ७९/८० को चैत मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा र किताबी मूल्य १५४ रुपैयाँ ७४ पैसा रहेको छ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक :
एनआइएमबि एस क्यापिटल लिमिटेड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

92%

खुसी

0%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS