IME Life New

मन्दीका बावजुद जीवन बीमककाे कूल बीमाशुल्क आम्दानी ३० प्रतिशतले बढ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । मुलुकमा जारी आर्थिक स‌ंकट र मन्दीका बावजुद जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षकाे साउन महिनामा कूल बीमाशुल्क आम्दानीमा ३० प्रतिशतले वृद्धि हासिल गरेका छन् । गत आर्थिक वर्षकाे साउन महिनाकाे तुलनामा कूल बीमाशुल्क आम्दानी ३० प्रतिशतले वृद्धि भएर १९ अर्ब ६० कराेड ६९ लाख रुपैयाँ पुगेकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूकाे कूल बीमाशुल्क आम्दानी समग्रमा ३० प्रतिशतले बढ्दा कर्णाली प्रदेशबाट हुने बीमाशुल्क आम्दानी २७ प्रतिशतले खुम्चिएकाे छ। कर्णाली प्रदेशबाट गत आवकाे साउन महिनामा कूल ६८ कराेड ९२ लाख रुपैयाँ बीमाशुल्क स‌ंकलन गरेकाेमा यस वर्ष साउनमा जम्मा ५० कराेड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकाे भएकाे छ।

Esewa
Crest

अघिल्लाे आर्थिक वर्ष २०७८।७९ काे सम्ममा जारी गरिएकाे बीमालेखकाे नविकरण बीमाशुल्क ३० दिनकाे माेहलत अवधि भित्र २०८० साउनसम्ममा भुक्तानी गरिएकाेले नविकरण बीमाशुल्क आम्दानी तुलनात्मकरुपमा वृद्धि भएकाे देखिएकाे हाे । अधिका‍ंश जीवन बीमा कम्पनीले वर्ष दिनमा बिक्री गरेकाे बीमालेखकाे ३० प्रतिशत हिस्सा असार महिनामा बिक्रि गरेका हुन्छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांक अनुसार कूल बीमाशुल्क १९ अर्ब ६० कराेडमध्ये १७ अर्ब ३० कराेड रुपैयाँ नविकरण बीमाशुल्क रहेकाे छ।

साउन महिनामा बीमा कम्पनीकाे कूल बीमाशुल्क आम्दानी बागमती प्रदेशमा सर्वाधिक ५५ प्रतिशतले बढेकाे छ। बागमती प्रदेशबाट जीवन बीमा कम्पनीले १० अर्ब १० कराेड ७२ लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेका छन् । कूल बीमाशुल्क आम्दानीमा दाेश्राे धेरै वृद्धि सुदूरपश्चिम प्रदेशमा देखिएकाे छ। सुदूरपश्चिममा गत आवकाे साउनमा ७५ कराेड ३७ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन भएकाेमा चालू आव २०८०।८१ काे साउन महिनामा ३२ प्रतिशतले वृद्धि भएर ९९ कराेड २९ लाख रुपैयाँ पुगेकाे छ।

सबैभन्दा न्यून ९ प्रतिशतकाे वृद्धि मधेश प्रदेशमा देखिएकाे छ । मधेश प्रदेशबाट गत आवकाे साउनमा जीवन बीमा कम्पनीले कूल १ अर्ब ३७ कराेड ११ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेकाे गत साउनमा १ अर्ब ४९ कराेड ३१ लाख रुपैयाँ कूल बीमाशुल्क स‌ंकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS