IME Life New

जीवन बीमा कम्पनीहरुले संकलन गरे १७ अर्ब ३० करोड नविकरण बीमा शुल्क, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण मार्फत १७ अर्बमाथि बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिमा कुल १९ अर्ब ६० करोड बीमा शुल्क आर्जन गर्दा १७ अर्ब ३० करोड नविकरण र २ अर्ब २९ करोड प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ६६ करोड ६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ३ अर्ब २९ करोड ९६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १ अर्ब ७५ करोड ७४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, मेट लाइफले ४० करोड, एशियन लाइफले ७१ करोड ६४ लाख रुपैयाँ, आइएमई लाइफले ३८ करोड ५२ लाख, सन नेपाल लाइफले २५ करोड ६२ लाख, रिलायबल नेपाल लाइफले २७ करोड १५ लाख, सिटिजन लाइफले ४३ करोड ५ लाख, सूर्यज्योति लाइफले ८० करोड ८४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

सानिमा रिलायन्स लाइफले ५५ करोड ४८ लाख, हिमालयन लाइफले १ अर्ब ७३ करोड, प्रभु महालक्ष्मी लाइफले ४७ करोड २२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS