Connect IPS
IME Life

दुई क्यापिटलले बोलाए विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेड र सिभिल क्यापिटल लिमिटेडले भदौ २७ गते विशेष साधारण सभा गर्ने भएका छन् । हिमालयन क्यापिटलको भदौ ९ गते र सिभिल क्यापिटलको भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

हिमालयन क्यापिटलले कम्पनी रजिष्टर्ड कार्यालय ठमेल, काठमाडौंमा विहान ११ बजे र सिभिल क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय सिटिसी मल, सुन्धारा, काठमाडौंमा विहान ११ बजेनै सभा गर्ने निर्णय गरेको हो । दुबै कम्पनीले प्राप्ति सम्बन्धि प्रस्तावलाई सभामार्फत पारित गर्नेछन् । सिभिल क्यापिटल लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गर्न लागेको हो ।

Prabhu
Crest

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी एक भएसँगै यी दुई बैंकका सहायक कम्पनीको रुपमा रहेका यी कम्पनीहरू समेत एक हुन लागेका हुन । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन ।

विशेष साधारण सभामार्फत शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिइने जनाएको छ । प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिने विषय पनि दुबै कम्पनीले सभामार्फत गर्नेछन् ।

सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात् कम्पनीको जारी तथा चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत हिमालयन क्यापिटल लिमिटेडको सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS